पर्सा प्रहरीको क्राईम ब्रान्च द्धारा ८ के जि ५०० ग्राम अबैध लागू औषध सहित दुई जना पक्राउ

अनलाईन न्युजपाटी संजु छत्कुली ,बिरगंज,समाचारदाता, भदौ ११ गते

अबैध लागु औषध चरेश् र गाँजा को धुलो सहित दुई जना लाई जिल्ला प्रहरी कार्यालय पर्सा ले पक्राउ गरेको छ ।

बिश्वब्यापी फैलिएको माहामारी र लकडाउन को मौका छोपी तस्करहरुले पर्साको विभिन्न नाका बाट अबैध समान र लागू औषध नेपालबाट भारत र भारत बाट नेपाल ल्याउने गरेको छ । तर पर्साको एस पि गंगा पन्त र क्राईम टोलिका प्रहरी निरीक्षक रबिभुषण यादबको सक्रियतामा  धमाधम एकपछी अर्को अबैध लागू औषध र तस्करीको समान पक्राउ गर्न सफल भएका छ्न ।

विशेष सुचना को अधारमा जिल्ला प्रहरी कार्यालय पर्सा बाट खटिएको क्राइम टोलिले पर्सा को पटेर्वासुगौली गाउपालिका वडानं५ मनिअर्वा स्कुल को सडक्मा क्राइम प्रहरीको टोलिले चेकजाँच गर्दा वडा नं ५ देउरिया बस्ने बर्ष ४५ को रामचन्द्र राय थारु र सोही ठाँउ बस्ने बर्ष ५० को जनार्धन ओझईया थारु सवार सवारि भारतिय नं बि आर २२ ए जि मोटरसाइकल रोकि हेर्दा सवारी चालक रामचन्थारु कोसाथ बाट ४ के जि ५०० ग्राम लागू औसध चरेश र ५०० ग्राम गाजा को धुलो र सो ठाउँ बस्ने पछाडी सवार सोही ठाउँ बस्ने जनार्धन थारु को साथ बाट ४ के जि ५०० ग्राम चरेश र ५०० ग्राम गाजाको धुलो र मोटरसाइकल सहित दुबै जनालाई पक्राउ गरि नियन्त्रणमा लिएको पर्सा प्रहरी को क्राइम ब्रान्च का प्रमुख रबिभुषण यादवले बताएका छन

पक्राउ परेका ती दुबै जनालाई रामचन्द्र थारु र जनार्धन ओझईयालाई पर्सा प्रहरीमा राखी थप अनुसन्धान भइरहेको क्राइम ब्राञ्चका इन्चार्ज रबिभुषण यादबले बताएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *