अनलाईन न्युजपाटी, कैलाली,समाचारदाता, भदौ १६ गते
करिब ४ लाख मूल्य बराबरको भन्सार छलीका मोटरसाइकलका पाठ पुर्जा धनगढीमा प्रहरीले बरामद गरेको छ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ३ चटकपुरमा वेवारिसे अवस्थामा छोडिएका ३ लाख ९६ हजार ४ सय १० मूल्य पर्ने चोरी पैठारीका मोटरसाइकलका पाठ पुर्जा बरामद गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता अनुसार बरामद गरिएका सामग्री आवश्यक कारवाहीका लागि त्रिनगर भन्सार कार्यालय बुझाइएको जानकारी दिए।