अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता, भदौ १५ गते
महोत्तरीमा भदौ २२ गतेसम्म निषेधाज्ञा आदेश जारी गरेको छ । कोरोना संक्रमण तीव्र गतिमा बढदै गएपछि महोत्तरीमा लगाइएको निषेधाज्ञाको समय पुनः थपिएको छ।

सोमबार राति १२ बजेदेखि सम्पन्न हुन लागेको निषेधाज्ञालाई भदौ २२ गते राति १२ बजे सम्मको लागि पुनः बढाइएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए।
कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) बमोजिम जिल्लाभर निषेधाज्ञा लगाइएको प्रमुख जिल्ला अधिकारी कटुवालले बताए। यस निषेधाज्ञाको अवधिमा अत्यावश्यक पसलहरु विहान ५ बजे देखि ११ बजेसम्म खोल्न पाइने जनाइएको छ।
हाल महोत्तरीमा १ हजार २ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने कोरोना संक्रमणबाट ८ जनाले आफ्नो ज्यान गुमाएका छन्।