भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको आज साँझ निधन

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, भदौ १५ गते

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको सोमबार साँझ निधन भएको छ।कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितसमेत बनेका मुखर्जीको सोमबार नयाँ दिल्लीस्थित आर्मी आरआर अस्पतालमा निधन भएको हो । सोही अस्पतालमा उनले मस्तिष्कको सर्जरी पनि गरिएको थियो ।

पूर्व राष्ट्रपति मुखर्जी कोमामा थिए र भेन्टिलेटरको सहायता प्रदान गरिएको थियो। उनको फोक्सोमा संक्रमण भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *