अनलाईन न्युजपाटी कृष्णा यादव, बिरगंज,समाचारदाता, भदौ १५ गते
वडा प्रहरी कार्यालय श्रिपुरले भन्सार छलि ल्याएको अवैध सामानहरु पक्राउ गरेको छ।
वड़ा प्रहरी कार्यालय श्रीपुरले विभिन्न ठाऊवाट गस्ती टोलीको सक्रियतामा बिभिन्न ठाऊवाट अवैध समानहरु बरामद गरी बिरगंज भन्सार कार्यालय बुझाएको छ ।

वडा प्रहरी कार्यालय श्रिपुरले अवैध रुपले भन्सार छलि ल्याएको लत्ताकपडा, सुर्ती, मोटर, चिनी, हाडयेवर लगाएतको सामानहरु नियन्त्रण लिई वीरगंज भन्सार कार्यालयमा बुझाएको प्रहरी निरीक्षक दिपक साहले बताउनुभयो।
पक्राउ गरेको अवैध समान नेपाली बजारमा करिब मूल्य १ लाख ५० हजारको रुपैया बराबर रहेको उक्त समान वीरगंज भन्सार कार्यालय बुझाएको वडा प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक दिपक साहले बताउनुभयो।
सो को भन्सार मुल्य करिब १ लाख ५० हजार बराबरको सिमावर्ती भारतीय शहर रक्शौल बाट अलौको बाटो हुदै भन्सार चोरी पैठारी गरी अवैध रूपमा नेपाल तर्फ भित्रयाईएको चिनी,खाने तेल, हार्डवेयर र लत्ता कपडाहरू समेत बरामद भएको साहले जानकारी दिनु भयो ।