अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ १५ गते
नेपालमा आज थप सात जनाको मृत्यु भएको छ । यो सँगै संक्रमणको कारण ज्यान गुमाउनेको संख्या २२८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा तिन महिला र चार पुरुष गरी सात जनाको ज्यान गएको जानकारी दिए ।
उनका अनुसार महोत्तरीमा ४ बर्सिय बालिका, गोरखामा ६५ बर्सिय महिला, रुपन्देहीमा ६८ बर्सिय महिला गरि तिन महिलाको मृत्यु भएको छ ।
झापाका ८६ बर्सिय पुरुष, रौतहटका ४० बर्सिय पुरुष, चितवनका ७८ बर्सिय पुरुष र भक्तपुरका ७७ बर्सिय गरि चार जना पुरुषको ज्यान गएको छ ।