सिमा नाकामा कडा गर्दा लागु औषध सहित कारोबारी नियन्त्रणमा

अनलाईन न्युजपाटी महेश सिंह ,सिरहा  समाचारदाता, भदौ १९ गते

सिरहाको भगवानपुर गाउँ पालिका वडा नम्बर ३ आभेनगरको अस्थायी सशस्त्र प्रहरीको बोर्डर चेक पोस्टले गोप्य सूचनाको अधारमा ठुलो परिमाणको लागु औषध बरामत गरेको छ ।

भारतबाट लुकि छिपि ल्याउदै गरेको अबैध समान सहित तिन जनालाई  सशस्त्र प्रहरीले पक्राउ गरेका छन् । पछिल्लो समय आभेनगर प्रहरीले कपडा लगायतका लागु औषध सहित बरामत गरेका थिए ।

 उक्त चेक पोस्टले सिमा नाकामा चेक जांचमा कडाई गर्दा निरन्तर अबैध समानहरु पक्राउ गर्न थालेका छन् । पक्राउ पर्नेमा सिरहाको लहान नगर पालिका वडा नम्बर ५ का २२ वर्षिय कुमार कान्छा महतो र सोही ठाँउ बस्ने २१ वर्षिय मोहम्मद जिवल सेख र भगवानपुर गाउँ पालिका वडा नम्बर ५ बस्ने ५० वर्षिय सोहित मण्डललाई लागु औषध सहित  सशस्त्र प्रहरीका सैई दसैं मण्डको टोलिले पक्राउ गरेका छन् ।

पक्राउ गरेका संमानहरुमा नाईटोजन टयाबलेट ३० पता – ४५० पिस, प्रोभेटाजेल २० भाईल ,लाईबेटि २० भाईल , डाईजोल्याप २० पिस , डाईक डिसि ६ पिस, ईन्जेकसन ३० एम्पुल लागु औषध बरामत गरेको हो ।

बरामत गरेको संमान नेपाल प्रहरीलाई बुझाएको बुझाएको सशस्त्र प्रहरीका एसपी दिपेन्द्र गिरीले जानकारी दिनु भयो । पक्राउ गरेका ३ तिनै जना लाई आवश्यक कानुन बमोजिम लागु औषध ओसापोसार अन्तर्गत कारबाही गर्ने गिरीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *