अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ १८ गते
नेपालमा आज थप ६ जनाको मृत्यु भएको छ । यो सँगै संक्रमणको कारण ज्यान गुमाउनेको संख्या २५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४ महिला सहित २ जना पुरुष गरि ६ जनाको ज्यान गएको जानकारी दिए ।
उनका चितवनको ४० बर्सिय एक महिला, भक्तपुर ४० को एक बर्सिय महिला, रुपन्देहीको ७७ बर्सिय एक महिला र तनहूँको ४२ बर्सिय एक महिला गरि चार जनाको मृत्यु भएको छ ।
सिन्धुपाल्चोकको ७७ बर्सिय एक जना पुरुष रुपन्देहीको ६५ बर्सिय एक जना पुरुषको ज्यान गएको छ ।