मोबाईल चोरीमा संलग्न ३ जना कैलालीबाट पक्राउ

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ २३ गते

मोबाईल चोरीको आरोपमा तीन जना कैलालीबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा टीकापुर नगरपालिका वडा नम्वर २ बस्ने बर्ष १९ का सन्देश बिक र अन्य २ जना बालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

 टीकापुर नगरपालिका वडा नम्वर ४ मौरनियाका बलिराम थारुले संचालन गरेको मोबाईल ग्यालरीबाट उनीहरुले मोबाईल चोरी गरेको आरोप लागेको छ।

उनीहरुको साथबाट बिभिन्न कम्पनीका मोबाईल ८ थान र चोरी गर्न प्रयोग हुने औजारहरु समेत बरामद गरिएको छ। चोरी शिर्षकमा मुद्धा दर्ता भई अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *