हालसम्म विश्वमा आठ लाख ९६ हजार भन्दा बढी कोरोना संक्रमितको मृत्यु

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, भदौ २३ गते

विश्वमा पछिल्लो २४ घण्टामा तीन हजार छ सय ६६ जनाले ज्यान गुमाएसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या आठ लाख ९६ हजार ८४२ पुगेको हो ।

विश्वमा हालसम्म दुई करोड ७४ लाख ८५ हजार ४२३ जनामा संक्रमण पुष्टि भइसकेको छ । एकै दिन एक लाख ९३ हजार आठ सय ६६ जना नयाँ संक्रमित थपिए ।

एक करोड ९५ लाख ८६ हजार ८६० जना उपचारपछि कोरोना जित्न सफल भएका छन् ।

७० लाख १० हजार पाँच सय ५३ जना उपचाररत रहेकोमा ६० हजार तीन सय ३१ जनाको अवस्था गम्भीर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *