जनकपुरधाममा यस बर्ष पनि विवाहपञ्चमी महोत्सवको तयारी शुरु

अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता,मङ्सिर २६ गते।

भगवान राम र सीताको विवाह भएको स्मरण गर्दै प्रत्येक बर्ष मनाइँदै आइएको विवाहपञ्चमी महोत्सव यस पटक खल्लो हुने भएको छ । आन्तरिक विधि गररे यस पटक विवाहपञ्चमी मनाइनेछ ।
कोरोना भाइरसका कारण स्थानीय प्रशासनले भीडभाड नगर्न आदेश दिएका कारण कारण अन्य बर्ष जस्तो यस पटक भीडभाड देखिने छैन्। यसबाहेक कोरोना भाइरसको संक्रमणबाट जोगिन बन्द गरिएको नेपाल–भारत सीमा अहिलेसम्म खुल्न सकेको छैन्। जसका कारण भारतीय श्रद्धालु आउने सम्भावना पनि न्यून छ ।

अगामी पुस ४ गते शनिबार विवाहपञ्चमी परेको छ । नेपाल–भारत सीमा बन्द भएका कारण भारतीय श्रद्धालु र जन्ती आउने सम्भावना नरहेको उनको भनाइ छ ।

यस पटक विवाह पञ्चमीलाई सीमित रुपमा मनाउन सप्ताहव्यापी कार्यक्रम घोषणा गरिएको छ । मंसिर २९ गते जनकपुर नगर दर्शन, ३० गते फूलबारी लिला, पुस १ गते धनुष यज्ञ, पुस २ गते तिलकोत्सव, ३ गते मटकोर, ४ गते शुभ विवाह र ५ गते रामकलेबा विधि गरिनेछ ।

यस पटकको विवा पञ्चमीमा भारतबाट जन्तीसमेत नआउने जानकी मन्दिरका उत्तराधिकारी रामरोशन दासले बताए । ‘कोरोना भाइरसको संक्रमण कायमै रहेकाले यस पटक विवाह पञ्चमीको अवसरमा कुनै उत्सव गरिएको छैन,’ जानकी मन्दिरका उत्तराधिकारी रामरोशन दासले भने, ‘विधि पुर्याउने काम मात्रै हुन्छ ।’
जन्ती आउने सम्बन्धमा यसअघिका वर्षहरुमा पहिला नै जानकारी आउने गरिन्थ्यो । तर यस पटक भारतको अयोध्याबाट कुनै खबर नआएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *