अनलाईन न्युजपाटी रौतहट,समाचारदाता,पुस २ गते।
रौतहटबाट कटुवा पेस्तोलसहित प्रहरीले एक जनालाई पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कटहरिया नगरपालिका–७ बगही टोलका राज महमद आलम जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
जिल्लाको बगही गाउँस्थित सडकबाट द्यच्। BR.30W-4873 नं.को हिरो कम्पनीको स्पेलेण्डर भारतीय मोटर साइकलमा सवार आलम उपर शंका लागेपछि खानतलासी गर्दा मोटरसाईकलको सिट कभरभित्र १२ बोरको नल कटुवा बन्दुक बरामद गरिएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायब उपरीक्षक रबि रावलले बताए ।
पक्राउ परेका आलमलाई जिल्ला अदालत गौरबाट ५ दिनको म्याद थप अनुमति लिई न्यायिक हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।