अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,पुस २ गते।
ब्राउन सुगरसहित उदयपुरबाट ५ युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा त्रियुगा नगरपालिका २ बस्ने ३१ वर्षीय रेवत कुमार खाती, त्रियुगा नपा ३ बस्ने रोहित कुमार चौधरी, सोही वडाका ३३ वर्षीय जगसन राई रहेका छन् ।
त्यस्तै, सोही वडाका ३८ वर्षीय पर्वत दाहाल र त्रियुगा नपा ४ बस्ने ३२ वर्षीय देवेन्द्र मगर रहेका जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ ।
अवैध लागूऔषध नियन्त्रण गर्ने अभियान अन्तर्गत त्रियुगा नगरपालिका २ लुहाले खोला फत्तेपुर सडक किनारबाट ३ ग्राम ब्राउन सुगरसहित उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी भीम दाहालले बताए ।
पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको एसपी दाहालले बताए ।