विवाहपञ्चमीको अवसरमा आइतबार जानकी मन्दिर परिसरमा ११ जोडीको सामूहिक आदर्श विवाह

अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता,पुस ६ गते।

जनकपुरमा ११ जोडीको सामूहिक विवाह सम्पन्न भएको छ । विवाहपञ्चमीको अवसरमा आइतबार जानकी मन्दिर परिसरमा ११ जोडीको सामूहिक आदर्श विवाह भएको हो ।

नेपाल हिन्दु राष्ट्र संघले आयोजन गरेको सामूहिक आदर्श विवाहमा धनुषा लगायत अन्य जिल्लाका दुल्हा तथा दुल्हीले विवाह गरेका हुन् ।

विवाहको सम्पूर्ण खर्च नेपाल हिन्दु राष्ट्र संघले गरेको संघका धनुषा जिल्ला अध्यक्ष सन्तोष साहले बताए । समाजमा रहेको दाईजो प्रथालाई निरुत्साहित गर्ने उद्देश्यले ११ जोडीको सामूहिक आदर्श विवाह जानकी मन्दिरमा रामजानकीको लागि बनाइएको मण्डपमै गराइएको हो ।

सामूहिक विवाह हेर्न जानकी मन्दिरमा सर्वसाधारणको घुइँचो लागेको थियो । विवाह अघि ११ जना बेहुलालाई रथमा चढाएर नगर परिक्रमा गराइएको थियो । तत्पश्चात जानकी मन्दिरमा सामुहिक सोयम्बर तथा विवाह गरिएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *