संसद विघटनको विरोधमा रौतहटमा प्रधानमन्त्री विरुद्ध नारावाजी

अनलाईन न्युजपाटी रौतहट,समाचारदाता,पुस ६ गते।

रौतहटमा संसद विघटनको विरोधमा सत्तारुढ दल नेकपाकै नेता कार्यकर्ता सडकमा उत्रिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो व्यक्तिगत दम्भका कारण असंवैधानिक कदम चालेर संसद विघटन गरेको भन्दै उनीहरुले प्रधानमन्त्री विरुद्ध चर्का नारावाजी गरेका थिए ।

नेकपाका जिल्ला तथा केन्द्रीय स्तरिय नेता , युवा संघ तथा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनका प्रतिनिधीहरु सहितका नेकपाका कार्यकर्ताहरुको सहभागीतामा भएको सो प्रदर्शनमा प्रदर्शनकारीले प्रधानमन्त्रीको कदम गैरसंवैधानिक र जनमतको विरुद्धमा भएकाले सो फिर्ता हुनुपर्ने माग गरेका थिए ।

उनीहरुले रौतहट जिल्लाको सदरमुकाम गौर र चन्द्रनिगाहपुरमा विरोध प्रदर्शन गरेका थिए ।

प्रधानमन्त्री ओलीले संविधान विरोधी, अलोकतान्त्रिक र तानाशाही निर्णय गरेको भन्दै प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीविरुद्ध प्रदर्शन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *