जनकपुरमा मन्त्रीसाहलाई कालोमोसो दल्न गएका एकदर्जन युवाहरु पक्राउ

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदादाता,फागुन ३ गते।

प्रदेश २ का समाजिक विकास मन्त्री नवलकिशोर साहलाई कालोमोसो दल्न गएका एकदर्जन युवाहरु पक्राउ परेका छन् । शनिवार बिहान जनकपुरको जानकी हेल्थकेयरमा एक खोप कार्यक्रममा सहभागि हुन गएका मन्त्रीसाहलाई युवाहरुले घेरेर कालोमोसो गर्ने योजना बनाएर नाराबाजी गरिरहेका राजपा नेपालका झण्डै १ दर्जन नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । कालोमोसो गर्ने युवाहरुले योजना बनाएर प्रवेशद्वार नै अवरुद्ध गरेर बसेपछि उनीहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेको हो । युवाहरुले कार्यक्रम स्थलमै मन्त्रीलाई घेरेपछि झण्डै १ घण्टा उनलाई अस्पतालमै बस्नु परेको थियो । पछि प्रहरी परिचालन गरी युवाहरुलाई पक्राउ गरी मन्त्री साहलाई सुरक्षितसाथ गन्तव्य स्थल पुर्याइएको छ । त्यस क्रममा राजपा नेपालका हिरेन्द्र सिंह लगायतका केहि युवाहरुले मन्त्री साहलाई कालो झण्डा समेत देखाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *