अनलाईन न्युजपाटी,एजेन्सी,समाचारदादाता,फागुन ३ गते।
जर्मनीको राजधानी बर्लिनमा शुक्रबार राती अज्ञात व्यक्तिले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।बर्लिनको मध्य शहरमा रहेको टेम्पोड्रोम नामक कार्यक्रम स्थल बाहिर गोली चल्दा एक ४२ वर्षीय पुरुषको मृत्यु भएको जर्मनीका सुरक्षा अधिकारीहरुले जनाएका छन् ।अन्य चार जना घाइते भएको घटनामा एक भन्दा बढी व्यक्तिले गोली चलाएको पनि जनाइएको छ । गोलीकाण्ड भइरहेको बेला प्रदर्शनी स्थल भित्र टर्किस कमेडी सो चलिरहेको थियो ।गोलीप्रहार गरेपछि हमलाकारी घटनास्थलबाट भागेका थिए ।घटना आतंककारी हमला नभएको त्यहाँको सुरक्षा प्रवक्ताले दाबी गरे पनि हमलाको खास कारण पत्ता लागिनसकेको बताइएको छ । बर्लिनलाई युरोपेली राजधानीहरु मध्ये सर्वाधिक हत्यादर भएको शहर मानिन्छ ।