अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदादाता,फागुन ३ गते।
बुहानमा रहेका १७५ जना नेपाली लिएरन नेपाल एयरलाइन्सको बोइङ ३३० काठमाडौका लागि प्रस्थान गरेको छ ।शुरुमा १८५ जना नेपाल आउने बताइए पनि ६ जनाको शरीरमा तापक्रम बढेको पाइए पछि चिनियाँ अधिकारीहरूले उनीहरूलाई बिमान चढ्न रोकेका थिए भने चार जनाले भने बुहान मै रहन चाहेको दूताबास स्रोतले जनाकारी गरायो बुहानबाट ल्याइएका नेपालीलाई १४ दिनसम्म खरिपाटीस्थित नेपाल विद्युत प्रधिकरणको तालिम केन्द्रमा निर्मित क्वारेन्टाइन केन्द्रमा राखिने छ ।