कमिशनको खेलले सौराहाको गुणस्तर खस्किदै, एजेन्सीसंग ५० करोड रुपैयाँ उधारो

अनलाईन न्युजपाटी,चितवन समाचारदाता,फाल्गुन ०४ गते।

काठमाण्डौमा रहेर चितवनका लागि पर्यटक पठाउने ट्राभल एजेन्सीसंग ५० करोड रुपियाँ भन्दा धेरै रकम सौराहाका होटलहरुले लिनु पर्ने पाइएको छ ।पर्यटनको क्षेत्रमा काम गर्दै आएका ट्राभल एजेन्सीहरुले चितवनको होटलमा पर्यटक पठाउने तर तोके अनुसारको रकम नदिने भएपछि ठुलो रुपियाँ लिनु पर्ने देखिएको हो ।

अनलाईन न्युजपाटी संग कुरागर्दै सौराहाका एक होटल सञ्चालक भन्नु हुन्छ ‘काठमाण्डौंका विभिन्न एजेन्सीसंग सौराहाका होटलहरुले मात्रै ५० करोड रुपियाँ भन्दा धेरै लिनु पर्ने देखिन्छ ।’ भन्दा अप्ठ्यारो नभनौ समस्याले पीडित भएका छौ उहाले भन्नु भयो ‘एउटा होटलको मात्रै विभिन्न एजेन्सीसंग एक करोड रुपियाँ भन्दा धेरै लिनु पर्ने देखिन्छ ।’
एउटा ट्राभल एजेन्सीले यहाँका कुनै एउटा होटलमा पर्यटक पठाउँछ , ५० प्रतिशत रकम दिन्छ , बाँकी रकम माग्यो अर्को पर्यटकलाई फेरि पठाउँछ , पुरानो रकम बाँकी नै छ , फेरि ५० प्रतिशत रकम दिन्छ , पुरानो बाँकी छ । यसरी पुरानो रकम लिनु पर्ने धेरै भएपछि यहाँकै अर्को होटललाई पर्यटक पठाउछ । तर पुरानोमा पठाउदैन होटल सञ्चालकले भन्नु भयो ।
छिमेकी होटलले पर्यटक पाए भन्दै लिन्छ । अर्को होटललाई पैसा नतिरेको थाहा पाउँदा-पाउँदै लिने गर्दछन् । यस्तो समस्याले सौराहाका होटल सञ्चालकहरु धेरै समस्यामा परेको उहाले चिन्ता व्यक्त गर्नु भयो । ‘करोडौं लगानी गरेर पर्यटन क्षेत्रमा लागियो पैसा कमाउने भन्दा एजेन्सी मोटाउने काम भएको छ’ होटल सञ्चालकले भन्नु भयो ‘उधारो काम गर्दा गर्दै अहिले यहाँका होटल सञ्चालकहरु कसरी डुवेको रकम उठाउने भन्ने उपाय खोजीमा लागेका छौ ।’ एउटा एजेन्सीले वर्षमा २५/३० हजार चाइनिज पर्यटक पठाउछु रेट घटाउनु, ब्रेक फाष्टमा अण्डा र पाउरोटी राख्नु अरु सामान्य गर्नु भन्यो’ ‘गुणस्तरमा कम गरेर राख्नु भन्दा उबाट पर्यटक नल्याउने  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *