नगद एक करोड सहित झापाको जोरसिमलबाट एक जना पक्राउ

अनलाईन न्युजपाटी,झापा समाचारदाता,फाल्गुन  ०४ गते।

पूर्वपश्चिम राजमार्ग अन्तरगत मेचीनगर–७ स्थित जोरसिमलबाट सशस्त्र प्रहरीले रू एक करोड बरामद गरेको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १२ च ९६८ नम्बरको जीप चेकजाँच गर्ने क्रममा झोलामा राखिएको अवस्थामा रू एक हजार दरका १० हजार थान (रू एक करोड) फेला परेको सशस्त्र प्रहरी ८ नं. गुल्म काँकरभिट्टाका प्रहरी नायब उपरीक्षक ज्ञानमणि पौडेलले अनलाईन न्युजपाटीलाई जानकारी दिनुभयो । उहाँका अनुसार स.प्र.स.नि. सुभाष थापाको कमाण्डमा खटिएको चेक प्वाइन्ट टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा बारा जितपुर नगरपालिका–३ का २७ वर्षीय श्रवणकुमार चौधरीलाई नगद तथा सवारी साधन सहित नियन्त्रणमा लिएको र आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *