अनलाईन न्युजपाटी,कैलाली समाचारदाता,फाल्गुन ०४ गते।
आफैले चलाएको ट्याक्टरमा च्यापिएर कैलालीका एक जनाको मृत्यु भएको छ। जिल्लाको लम्की–चुहा नगरपालिका वडा नम्बर ३ बल्चौरमा ट्याक्टरमा च्यापिएर ४२ वर्षिय कृष्ण चौधरीको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतका अनुसार हिजो साझ से १ त ५६५९ नम्बरको ट्याक्टर ट्रलि जोड्न पछाडी जादा च्यापिएका थिए।
लम्की–चुहा नगरपालिका वडा नम्बर ७ का चौधरीलाई लम्कीको लालरत्न अस्पतालमा उपचारका लागि ल्याइएको थियो। लालरत्नमा उपचार सम्भव नभएपछि टीकापुर अस्पताल रेफर गरिएको थियो। टीकापुर अस्पतालमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। चौधरीको शव अहिले टीकापुर अस्पतालको शव गृहमा राखिएको छ।