ढल्केबरमा एक युवकको शव रुखमा झुण्डेको अवस्थामा फेला

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदादाता,फागुन ६ गते।

धनुषाको मिथिला नगरपालिका ६ ढल्केबरका एक युवकको शव रुखमा झुण्डेको अवस्थामा फेला परेको छ । ढल्केबरमा पत्रिका बाड्ने मिथिला नगरपालिका वडा नं.६ बस्ने वर्ष १७ का युवक विवेक कुमार महतो आफ्नै बगैचामा आँपको रुखमा झुण्डिएको अवस्था आज विहान साढे ८ बजे मृत फेला परेको हो ।राति ८ बजे उनी घरबाट वेपता भएको र आज विहान साढे ८ बजे घर भन्दा करिब ५ सय मिटर पूर्व आफ्नै आँपको बगैंचामा झुण्डेको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक तीर्थ कार्कीले जानकारी दिए । उनले घटना हत्या हो वा आत्महत्या अनुसन्धान भइरहेको बताए ।ढल्केबरमा दैनिक पत्रिका बाँड्ने बिबेक स्थानीय महेन्द्र मा.वि. मा कक्षा १० मा अध्ययनरत थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *