सप्तरीमा टिप्परले टेम्पोलाई ठक्कर दिँदा एकजनाको मृत्यु, ६ जना घाइते

अनलाईन न्युजपाटी,सप्तरी,समाचारदादाता,फागुन ६ गते।

सप्तरीको बोदेवरसाइन नगरपालिकास्थित गौरामा टिप्परले टेम्पोलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएको छ । मृत्यु हुनेमा विहार अररिया जिल्ला मोतिहारीग्राम पञ्चाय–७ बस्ने २६ वर्षीय मोहम्मद सदाम हुसेन रहेको इलाका प्रहरी कार्यालय बोदेवरसाइनले जनाएको छ। सप्तरीको बोदेवरसाइन नगरपालिका–५ स्थित जाँजरमा सम्पन्न इस्लामिक धार्मिक सम्मेलनबाट फिर्ता हुनेक्रममा टेम्पो दुर्घटना परेको थियो। दुर्घटनाका घाइतेको विभिन अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ। टिप्परले टेम्पोलाई ठकर दिदा दुर्घटना भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *