अनलाईन न्युजपाटी सर्लाही ,समाचारदाता, बैशाख ०५ गते।
लकडाउन भए देखि सर्लाहीका युवा युवतीहरुले पैदल यात्रुहरुलाई नि:स्वार्थ सेवा गर्दै आएका छन्। हरिवन नगर पालिका वडा न ४ तिन धरे सर्लाही का युवाहरुले पैदल यात्री हरुलाई नि:शुल्क पानी, चा उ चाउ ,बिस्कुट मास्क , बाड्न थालेका छन् ।
कोरोना रोग फैलिन न दिन नेपाल सरकारद्धारा बिगत चैत्र ११ गते देखि लकडाउन गरिएको छ । सरकारले गरेको लकडाउनका कारण सवारीसाधन पूर्ण रुपमा बन्द भएपछि काठमाडौं आई दैनिक मजदूरी गर्ने परिवार गाउँ फर्किन पैदल यात्रामा निस्केका छन्। आ-आफ्नो गन्तव्य मा हिडेका पैदल यात्री हरुलाई हामीले सहयोग गरेका छौ भनि एक युवा किसन खड्काले अनलाईन न्युजपाटीलाई जानकारी गराए ।
सप्तरी जाने एक यात्रुले भने कोरोना भाइरसको त्राश कारण लकडाउन खुल्नुको सट्टा लम्बिने खतरा देखेपछि उनीहरू पैदलै भएपनि गाउँ जाने निधोमा पुगेका हुन् । “रहरले हैन दु:खले घर जाने लागेको हो हजुर ” भने । सर्लाहीका युवा युवतीहरुद्धारा पैदल यात्रुहरुलाई दिने नि:स्वार्थ सेवा देख्दा सेवा लिने यात्रुहरु अत्यन्त खुसि भएका छन्।
यस अभियानमा लागेका युवा युवतीहरु बास बहादुर खड्का , आयुषा के सी, प्रमित पन्त, झरना पन्त, अनुप योन्जन, मुकेश लाल कर्ण, सिद्धार्थ ठाकुर र किरण बस्नेतले भने राजमार्ग यात्रुहरुको सेवामा लकडाउन समाप्त नभए सम्म हाम्रो यो अभियान चल्नेछ ।