ब्राउन सुगर सहित २ जना धनगढी उप-महानगरपालिका वडा नं.०६ बाट पक्राउ

अनलाईन न्युजपाटी धनगढी,समाचारदाता, जेठ ४ गते

कैलालीमा लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्ने मा धनगढी उपमहानगरपालिका–६ बिजुलीयाका सुरज चौधरी र ११ बेलाका अर्जुन चौधरीलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट पाँच पोका ब्राउनसुगर फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताउनुभयो । सुरजकै घरमा लागुऔषधको कारोबार भइरहेको गोप्य सूचनाका आधारमा उनको घरमा खानतलासी गर्दा बाकसमा लुकाएर राखेको अवस्थामा ब्राउन सुगर भेट्टाइएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *