अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, जेठ ४ गते
इजरायली मिडिया रिपोर्टको अनुसार, इजरायलीका लागि चीनका राजदूत श्री डु तेल अवीव उपनगरको आफ्नो अपार्टमेन्टमा मृत अवस्था मा फेला परेका छन् ।
श्री डु, ५८ का थिए। उनि आफ्नो ओछ्यानमा संकास्पद मृत भेटिए र उनको मृत्युको कारण अझै पत्ता लागेको छैन।
उनलाई फेब्रुअरीमा मात्र राजदूत नियुक्त गरिएको थियो र यस अघि युक्रेनमा चीनका राजदूतको रूपमा काम गरेको थियो।
राजदूत विवाहित थिए र उनको एक छोरा थियो तर उनको परिवार त्यस देशमा नरहेको विश्वास छ। उनि हर्ज़लिया को तेल अवीव उपनगरमा बसिरहेको थियो।