अनलाईन न्युजपाटी सन्जु छत्कुलि, बीरगन्ज ,समाचारदाता ,जेठ १० गते
बिश्वभरी फैलिएको माहामारी र लकडाउन को कारण नेपालको विभिन्न ठाउ बाट आएका भारतिय २०० भन्दा बढी मजदुरहरु अलौ को आई सि पि अगाडि आयेर अलपत्र परेका छन ।

उनीहरु मध्ये केही ब्यक्ति कुवारन्टाईन मा बसेर पनिआएको बताएका छन।अलपत्र परेका २०० भारतिय मजदुरहरुलाई अलौ १७ का हरिजन टोल बासी ले पाँच दिन देखि आफ्नो घर बाट चामल, दाल, तेल, मसला, तरकारी दिई खाना बनाई बिहान बेलुकी खाना खुवाई रहेको हरिजन टोलका एक स्थानीय खुबलाल चमारले बतएका छन।

अहिलेसम्म भारतिय सरकारबाट आफुहरुको लागि केही पहल नगेरेको भनी ती मजदुरहरुको गुनासो गरेका छन। उनिहरुले भने अलौ हरिजन टोलका मानिशहरु नभएको भए आजहामी घाम पानी र भोकभोकै मर्थे ,उनिहरुले भने हामीहरु सुरकक्षित छौ तर हामि भारत मा गएर कुवारन्टाईन मा बस्न तयार छौ ।हामीलाई हाम्रो भारत सरकार सम्म यो खबर पुर्याई दिन पनिआग्रह गरेका छन।

हामी लाई हाम्रो भारत सरकारले कुवार्न्टाईन मा राखी हाम्रो परिक्षण गरियोस भनी आग्रह पनि गरेका छन। नेपालका नेपालिहरु धेरै दयालु रहेको र खासगरी अलौबासिहरु लाई धेरै धन्यवाद दिन्छौ भने।