अनलाईन न्युजपाटी सन्जु छत्कुलि, बीरगन्ज समाचारदाता जेठ ११ गते
काठमाण्डौबाट लाहान जादै गरेको ट्रकबाट पशुपतीनगरका प्रहरीले बोरा गुटखा र रजनिगन्धा बरामद गरेको छ । कोरोना भाईरसको कारण लकडाउनको बेलामा अत्यावश्यक बसतुको ढुवानी गर्न सरकारले सहयोग गरेको बेला अत्यवश्यक समान ढुवानी गर्ने ट्रकमा १८ लाख बराबरको गुटखा र रजनिगन्धा शनिबार पक्राउ परेको छ।
इलाका प्रहरी कार्यालय पशुपतिनगरका इञ्चार्ज प्रहरी निरीक्षक अरुणकुमार कुस्वाहाको टोलीले ना ३ ख ४७८५ नम्बरको पशुपति ट्रान्स्पोर्टको कन्टेनरबाट करिब १८ लाख मुल्य बराबरको गुट्खा पराग, रजनी गन्धा पक्राउ गरेको जानकारी दिनु भयो ।
पशुपति ट्रान्सपोर्टले काठमाडौंबाट सिरहाको लहान, सप्तरीको राजबिराज पठाएको सो कन्टेनरबाट औषधिजन्य वस्तु, चकलेट, मोबाईल र इलेक्ट्रोनिक्स सामग्रीहरु रहेको थियो। प्रहरी निरीक्षक कुशवाहाले बरामद गरिएको सुर्तीजन्य वस्तुसहित सवारी साधनलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर पठाएको छ ।