आईतबार थप १६६ जनामा को-को कहाँ बाट हुनुहुन्छ ? संक्रमित संख्या १५६७ पुग्यो

अनलाईन न्युजपाटी काठमाडौँ ,समाचारदाता, जेठ १७ गते

पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा थप १६६ जनामा १६२ पुरुष ४ महिला  कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा संक्रमित संख्या १५६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । उनीहरु मध्ये ८  जनाको मृत्यु भएको छ ।

पीसीआर विधिबाट बिभिन्न प्रयोगशालामा गरिएको परिक्षण अनुसार संक्रमितहरु बिबरण संक्रमितहरु तनहुँ एक जना  २८ बर्सिय पुरुष  ,स्यांग्जाका दुई जना २७ र  ४० बर्सिय पुरुष, पर्सा का ५ जना पुरुष  उमेर समुह २२ -३६ बर्ष , कालिकोटबाट १८   जना उमेर समुह १९ देखि ५२ बर्षका पुरुष ,दैलेखका १८   जना उमेर समुह १६ -४८ बर्षका पुरुष, सल्यानका २५ जना ११ -६० बर्षका पुरुष हुनुहुन्छ।

सुर्खेतका एक जना ४ महिने बालिका ,बाँकेका ४ जना २१ देखि ३५ बर्षका पुरुष, नेपालगंजका ४  १६ देखि ४२ बर्षका पुरुष , सप्तरीका १२ जना १७ देखि ४५ बर्षका पुरुष ,कैलालीका ३ जना २३ देखि ४७ बर्षका पुरुष,  बाजुरा ३ जना दुई बर्सिय बालिका सहित २३ बर्सिय महिला र एक जना ४० बर्सिय पुरुष हुनुहुन्छ। यी सबै जनामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *