सिमामा गरेको भारतीय हस्तक्षेपको चर्को आलोचना गरे – नेता रिजाल

अनलाईन न्युजपाटी  सन्जु छत्कुलि, बीरगन्ज समाचारदाता जेठ १८ गते

नेपाली काग्रेसका केन्द्रिय सदस्य रमेश रिजालले नेपाल भारत को विभिन्न सिमा र पर्सा जिल्ला को ठोरी गा.पा.वडा नं. २ को ठुटेखोला स्थित सीमामा भारतीय सुरक्षाकर्मी को सहयोगले भारतीयहरु नेपाली भुमीमा आएर गरेको हस्तक्षेप प्रती ध्यानाकर्षण गराउनुभएको छ। नेपाली कांग्रेसका नेता रिजालले नेपाली भूमी पटक-पटक मिचदै आएको र हाल ठोरी पुलमा गरेको अवरोध प्रति गम्भिर असहमती जनाउनु भएको छ ।

 नेता रिजालले एक बिज्ञप्ती प्रकाशित गरि सो क्षेत्रमा दशकौ देखि भारतीयहरुले नेपाली भुमीलाई मिच्दै बिबादित गरि ,पूल निर्माणमा अवरोध गरेको र सीमा अतिक्रमण गर्ने अनेकौ प्रयास गरेको   नेता रिजलले बताएका हुन । भारतीय पक्षका यि सबै प्रयासलाई ठोरीबासीले असफल बनाएकोमा आफूलाई गौरव भएको समेत नेता रिजालले बिज्ञप्ति मार्फत बताउनु भएको छ ।

नेपाली भुमिमा आई ठोरीवासीको बिकाशको आधारको रुपमा रहेको खानेपानी, बिजुली, ठुटेखोला पुल र यातायातलाई समेत असर पुरयाउने भारतीय नीति गलत रहेको नेता रिजाले बताउनु भएको छ। भारतीय सुरक्षाकर्मीहरुले भारतीय नागरिकलाई उक्साई नेपाली भूमिमा कुलो खन्ने कार्य गराएको प्रति पनि नेता रिजालले घोर भत्र्सना गर्नुभएको छ ।

नेपाल सरकार तथा स्थानीय प्रशासनले नेपाली भूमी सुरक्षाको जिम्मेवारी निर्वाह नगरिरहेको भन्दै नेता रिजालले आलोचना गर्नु भएको छ। उहाले भन्नू भो सीमा अतिक्रमणलाई रोक्न शालिनता साथ बिरोध गर्न समेत ठोसीवासीहरुमा हार्दिक अपिल पनि गर्नुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *