आज बिहान दुई वर्षीया बालिकाको कोरोना भाइरसका कारण मृत्यु

अनलाईन न्युजपाटी काठमाडौँ ,समाचारदाता, जेठ १८ गते

आज बिहान २:०० बजे बाजुराकी दुई वर्षीया बालिकाको कोरोना भाइरसको संक्रमणले मृत्यु भएको पुष्टि भएको छ । स्थानीय क्वारेन्टाइनमा बसेका थिए । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा सो मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बालिकाको मृत्यु भाइरसका कारणले भएको जानकारी दिनुभयो ।

यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या आठ पुगेको पनि उहाँले जानकारी दिनुभयो । बुढीगंगा नगरपालिका–१ घर भएका उनी आमाबुबासँगै आठ दिनअघि भारतबाट नेपाल प्रवेश गरेका थिए । भारतबाट फर्किने क्रममा बालिकालाई ज्वरो आउने, बान्ता हुने समस्या देखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *