सप्तकोशीमा पानीको बहाव बढेपछि ३६ वटा ढोका खोलियो, उच्च सतर्कता अपनाउन आग्रह

अनलाईन न्युजपाटी बिराटनगर,समाचारदाता, असार २७  गते।

सप्तकोशी नदीमा पानीको बहाब क्रमशः बढदै गएपछि ५६ मध्ये ३६ वटा ढोका (फाटक) खोलिएको छ। अविरल वर्षाका कारण अहिले कोशी नदीमा पानीको बहाब यो वर्षकै सबैभन्दा उच्च रहेको छ।

कोशीमा पानीको बहाव बढ्दै गएपछि त्यस क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन समेत स्थानीय प्रशासनले आग्रह गरेको छ । धनकुटास्थित तमोर नदी मुलघाटमा जलस्तर बढेपछि कोशीसंग जोडिएको प्रदेश नम्बर २ को सप्तरी र प्रदेश नम्बर १ को सुनसरीमा उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको हो ।

कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार सप्तकोशी नदिमा शुक्रबार बिहान १० बजे पानीको बहाव २ लाख ७ हजार ७१५ क्यूसेक मापन भएको थियो । कोशीमा पानीको बहाव बढ्दो क्रममा छ ।

पानीको बहाव बढ्दै गएपछि कोशी ब्यारेज कन्ट्रोल रुमले ३६ वटा ढोका खोलिसकेको प्रमुख जिल्ला अधिकारी आचार्यले भने ।

विगत वर्ष आएको बाढीले बगाएको तटबन्ध लगायतका निर्माण कार्य अधुरै रहेका कारण र यस वर्ष अधिक वर्षात हुने देखिएपछि सप्तरी र सुनसरीमा विगत भन्दा बढी यस वर्ष बाढी आउने अनुमान स्थानीय प्रशासनको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *