अनलाईन न्युजपाटी एजेन्सी समाचारदाता, असार २७ गते ।
अमेरिकामा एकैदिन ७१ हजार कोरोना संक्रमित थपिएका छन् । वल्डोमिटरका अनुसार शुक्रबार त्यहाँ अहिलेसम्मकै बढी ७१ हजार ७१ हजार ३ सय ५५ संक्रमित थपिएका हुन् ।
अमेरिकामा अहिलेसम्म कोरोनाबाट १ लाख ३६ हजार ६ सय संक्रमितले ज्यान गुमाएका छन् । गत २४ घण्टामा त्यहाँ ८ सय ३० संक्रमितको मृत्यु भएको छ ।
अमेरिकामा अहिले १६ लाख ९९ हजार संक्रमितको उपचार जारी छ । जसमध्ये साढे १५ हजार संक्रमितको अवस्था गम्भीर रहेको छ ।
विश्वका २ सय १५ देशमा फैलिसकेको कोरोनाबाट शनिबार बिहानसम्म १ करोड २६ लाख १४ हजार व्यक्ति प्रभावित भइसकेका छन् । जसमध्ये ७३ लाख १९ हजार डिस्चार्ज हुँदा ५ लाख ६१ हजार संक्रमितले ज्यान गुमाएका छन् ।