गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि

अनलाईन न्युजपाटी पोखरा,समाचारदाता, असार २७  गते।

पोखरा महानगरका २ सहित गण्डकी प्रदेशमा १४ कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य निर्देशनालय गण्डकीले जनाए अनुसार शनिबार बिहान पोखराका २ सहित गण्डकी प्रदेशमा १४ जनामा संक्रमण पुष्टि भएको हो । शनिबार कोरोना पुष्टि हुनेमा पोखरा महानगरका २ पुरुष , म्याग्दीका २ पुरुष, बाग्लुङ र स्याङ्जाका ३-३ पुरुष तथा तनहुँका ४ पुरुष रहेको निर्देशनालयले जनाएको छ ।

संक्रमितहरु सम्बन्धित जिल्लाको क्वारेन्टिनमा रहेको र जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार १ सय ७६ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *