अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, असार २७ गते ।
३३ किलो सुन तस्करी गरेको आरोप लागेका फरार एक आरोपी पक्राउ परेका छन् । इन्टरपोलमा रेडकर्नर नोटिस जारी भएपछि यूएईमा समातिएका हरिशरण खड्कालाई आवश्यक कानूनी प्रक्रिया पुरा गरेर शनिबार काठमाडौं ल्याइएको हो ।

शनिबार दुबईबाट काठमाडौं आएका खड्कालाई अध्यागमन विभागले त्रिभुवन विमानस्थलमा नियन्त्रणमा लिएको हो । खड्का चार्टर्ड फ्लाईटमा त्रिभुवन विमानस्थल उत्रिएपछि चेकजाँचको क्रममा पक्राउ परेका हुन्।
उनी २०७५ माघमा यूएईमा समातिएका थिए । खड्कासहित प्रकरणमा संलग्न १२ जनाविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी भएको थियो ।
काभ्रे घर भएका ४२ वर्षीय खड्का एक दशकयता यूएईमै बस्दै आएका थिए । वैदेशिक रोजगारीका लागि गएका उनी पछिल्ला वर्षहरुमा जागिर छाडेर सुन तस्करीमा लागेको अनुसन्धानकर्ताहरु बताउँछन् ।