अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता, असार २७ गते।
महोत्तरी जिल्लाका आधा दर्जनभन्दा बढी खोलामा बाढी आएको छ ।
लगातारको भीषण वर्षासँगै जिल्लाको रातो, विग्ही, जंघा, अंकुशी, भब्सी, गेरुकी, कुटमेश्वरी, ढोलन र मरहालगायतका नदीमा बाढी आएको स्थानीयवासीले बताएका छन् । बाढीका कारण जिल्लाका अधिकाँश गाउँमा बाढीको पानी पस्ने जोखिम बढेको छ ।
बाढीबाट हुने जोखिम न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय र जिल्ला दैवी प्रकोप उद्धार समितिलगायत सम्बन्धित निकाय तयारी अवस्था रहेको जनाइएको छ ।
बाढीका कारण नदी छेउछाउका २४ भन्दा बढी गाउँका बासिन्दाहरु त्रसित भएका छन् भने उनीहरु बाढीको बेला हुनसक्ने क्षति विरुद्ध सतर्कता अपनाउनमा जुटेका छन् ।