कैलालीमा लागुऔषध सहित २ जना पक्राउ

अनलाईन न्युजपाटी कैलाली,समाचारदाता, असार २७  गते ।

कैलालीमा लागुऔषध सहित २ जना पक्राउ परेका छन्। जिल्लाको टीकापुर नगरपालिकाबाट पक्राउ परेका वडा नम्बर १ को ब्यवसाय क्षेत्रका २८ वर्षीय शंकर भन्ने छत्र बहादुर साउँद र टीकापुर नगरपालिका ६ नारायणपुरका ३६ वर्षीय मुकेश रावललाई  पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले तीन ग्राम सात सय मिलीग्राम खैरो हिरोईन सहित दुवै जनालाई पक्राउ गरिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *