अनलाईन न्युजपाटी झापा, समाचारदाता, साउन २ गते ।
झापाको साविकको टाघनडुब्बा गाविस ९ का ३५ वर्षीय नत्थु विश्वकर्माको हत्याका आरोपी १४ वर्षपछि पक्राउ गरेका छन् । साविकको मेचीनगर ८ निवासी ४१ वर्षीय पुन्यप्रसाद बिकलाई प्रहरीले पक्राउ गरेर बिहीबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।
साइकल प्रयोग गरेको सामान्य विषयमा विवाद हुँदा २०६३ चैत २४ मा घटना भएको थियो । कुटपिटबाट सख्त घाइते नत्थुको नत्थुको विराटनगरस्थित विराट नसिंह होममा उपचारका क्रममा घटना भएका ५ दिनपछि मृत्यु भएको थियो ।
कुटपिटका कारण नत्थुको मृत्यु भएको भन्दै ससुरा रामबहादुर विकले आरोपी पुन्यप्रसादविरुद्ध किटानी जाहेरी दिएका थिए । त्यसपछि फरार पुन्यप्रसादलाई जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले असार ३० गते मेचीनगर ८ इँटाभट्टा चोकबाट पक्राउ गरिएको झापाका प्रहरी प्रमुख एसपी कृष्ण कोइरालाले जनाए । आरोपीलाई जिल्ला अदालतमाबाट ७ दिनको म्याद थपी हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।