अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, साउन २ गते
विश्वभर एक करोड ३७ लाख कोरोना भाइरस संक्रमित भएका छन् भने, भारतमा एक दिनमा ३२६९५ नयाँ कोरोना संक्रमणको पुष्टि भएको छ।
विश्वभरि कोरोना भाइरसबाट मर्नेको संख्या बढेर ५,८८,३८३ पुगेको छ। साथै संक्रमितको संख्या बढेर एक करोड ३७ लाख पुगेको छ ।
सबैभन्दा खराब प्रभावित अमेरिकामा ३५ लाख मानिस भाइरसबाट संक्रमित भइसकेका छन, जबकि १३८२६७ जनाको मृत्यु भएको छ ।
ब्राजिलमा कोरोना संक्रमितको कुल संख्या २० लाख नाघ्यो र कोरोना संक्रमितबाट मृत्यु हुनेको संख्या ७६६८८ छ ।पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका ३२६९५ नयाँ कोरोना भाइरस संक्रमितहरू को पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा थपिएको नया संक्रमित संगै अब भारत संक्रमणको संख्या १० लाखको नजिक पुगेको छ। महाराष्ट्रमा संक्रमणको अधिकतम ७९७५ संक्रमितको घटनाहरू रिपोर्ट गरिएको छ।