रौतहटबाट स्रोत नखुलेको नगद १० लाख ५ हजार रुपैयाँसहित एकजना पक्राउ

अनलाईन न्युजपाटी रौतहट,समाचारदाता, साउन ६  गते।

रौतहटमा स्रोत नखुलेको नगद १० लाख ५ हजार रुपैयाँसहित एकजना पक्राउ परेका छन् ।

ईशनाथ नगरपालिका ९ दुर्गामन्दिरस्थित सडकबाट नगदसहित बारा सिम्रौनगढ नगरपालिका-७ का २५ वर्षीय सुकुरुल्लाह अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरी चौकी औरैयाबाट खटिएको टोलीले उनलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो। उनको साथबाट ना५४प २११६ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ।

साइकलमा झोला झुण्डाएर आउँदै गरेका सिन्हालाई चेकजाँच गर्ने क्रममा उक्त रकम बरामद भएको र बरामद रकमबारे थप अनुसन्धान भइरहेको रौतहटका प्रहरी उपरीक्षक रविराज खडकाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *