अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता, साउन ७ गते
मंगलबार दिउँसो धनुषाको कमला नगरपालिका ४ सघाराचोकबाट चारवटा ट्याक्टरमा लोड गरी भारत तर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले गौरव सोफि नामक १००० कार्टुन मदिरासहित चारवटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।
भारत तर्फ लैजाँदै गरको अवस्थामा एकहजार कार्टुन मदिरा प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
ज १ त ७८६९, ज १त ९१०३, ज २ त ९३२ र ज १ त ४१६१ नं. को ट्याक्टरमा लैजाँद गरेको एक हजार कार्टुन मदिरासहित ट्याक्टरहरु इलाका प्रहरी कार्यालय खजुरीबाट खटेको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएको मदिरा २० लाख ८७ हजार ५ सय मूल्य बराबरको रहेको र ट्याक्टरसहित मदिरा आवश्यक कारबाहीको लागि जनकपुर भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।