अनलाईन न्युजपाटी,झापा,समाचारदाता, साउन ७ गते।
लगातार आएको वर्षाका कारण पहिरो जाँदा झापामा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । पहिरोमा परी झापा मेचीनगर नगरपालिका ९ का १५ वर्षीय विवेक दर्नालको मृत्यु भएको हो । दर्नाल बुद्धशान्ती गाँउपालिका ७ मोदीडाँडा बस्ने तेजकुमारी बराईलीको घरमा गएका बेला पहिरोले पुरिएका हुन ।
अविरल वर्षासँगै गएको पहिरोका कारण बराइलीको घर भत्किँदा ७७ वर्षीया तीलमाया बराइली, २१ वर्षीया कल्पना बराइली, १९ वर्षीया पृष्टिना बराइली घाइते भएका छन्। उनीहरुको स्थानीय मेडिकल लिभिङ होममा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
पहिरोका कारण अन्य २ घर उच्च जोखिममा रहेका छन भने ती घरका परिवारलाई स्थानीय एक चर्चमा राखिएको बताईएको छ ।