राष्ट्रपति डोनाल्ड ट्रम्पले “अमेरिकामा महामारीको खराब स्थिति बाँकि छ”

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, साउन ७ गते

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन् कि अमेरिकामा कोरोना महामारीको स्थिति अझ खराब हुनेछ। त्यस पछि मात्र परिस्थिति ठीक हुनेछ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबैलाई मास्क लगाउन आग्रह गरेका छन् । कोरोना भाइरसको महामारी दिनदिनै बढिरहेकोप्रति चिन्ता जनाउँदै ट्रम्पले सबैमा मास्क लगाउन र सामाजिक दुरी कायम गर्न आग्रह गरेका हुन् ।

ह्वाइट हाउसमा आयोजित नियमित कोरोना ब्रिफिङ गर्दै महामारी अझै भयावह हुने भएपनि त्यसपछि अवस्थामा सुधार आउने बताका छन् । तर ब्रिफिङका क्रममा उनी आँफैले भने मास्क लगाएका थिएनन् । यसअघि ट्रम्पले डब्ल्युएचओले बनाएको मापदण्ड मान्दै आएका थिएनन् ।

कोरोना भाइरसले अमेरिकामा भयावह स्थिती सृजना गरेको छ । अमेरिकामा ४० लाख भन्दा बढी कोरोना संक्रमित फेला परेका छन् । १ लाख ४४ हजार ९५३ को मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *