अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, साउन ८ गते
भारतमा प्रत्येक दिन कोरोना भाइरस संक्रमितको संख्याले नयाँ रेकर्ड कायम गर्दै आएको छ । आज पनि भारतमा नयाँ कोरोना संक्रमितको संख्याले उच्च रेकर्ड कायम गरेको छ । पछिल्लो २४ घण्टाभित्र ४५ हजार ५९९ जनामा नयाँ कोरोना संक्रमण भएको पाइएको छ । जुन २४ घण्टामा संक्रमित हालसम्मकै उच्च संख्या हो ।
यसअघि सम्म कुनैदिन यतिको संख्यामा संक्रमित फेला परेका थिएनन् । भारत विश्वका धेरै कोरोना संक्रमित मुलुकहरुको तेस्रो स्थानमा रहेको छ । पछिल्लो ५ दिनको तथ्याङ्क हेर्ने हो भने भारतमा झण्डै २ लाखको हारहरीमा संक्रमित थपिएका छन् ।