अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता, साउन ७ गते
जिल्ला धनुषा जनकनन्दनी गा.पा.३ गाडा स्थितमा ईलाका प्रहरी कार्यालय खजुरीबाट प्र.नि.को कमाण्डमा र सशस्त्र प्रहरी बेश क्याम्प खजुरीबाट स.प्र.स.नि.को कमाण्डमा खटि गएको गस्ती टोलीलाई देख्ना साथ नेपालबाट भारत तर्फ १५ देखि २० जना मानिसहरुको समुहले सुकेको केराउ टाउकोमा बोकी लैजाने क्रममा फाली मानिसहरु भारत तर्फ फरार भएको थियो ।
उक्त स्थानबाट ३५ वोरा सुकेको केराउ नियन्त्रणमा लिई लिएको छ । सोही राती नै विशेष सुचना प्राप्त हुन साथ ईलाका प्रहरी कार्यालय खजुरीबाट प्र.नि.को कमाण्डमा खटिएको टोलीले जिल्ला धनुषा जनकनन्दनी गा.पा.३ महुवा स्थित जितेन्द्रलाल दासको फुसको घरमा अवैधरुपामा राखेको १०५ बोरा छोकडा २९ बोरा केराउ समेत नियन्त्रणमा लिईएको छ ।
बरामद गरिएको सबै समान जम्मा रु. ६,८८,२०० बराबरको समान आवश्यक कारवाहिको लागि जनकपुर भन्सार कार्यालयमा पठाइएको छ ।