सप्तरीको जिल्ला सदरमुकाम राजविराजमा अनिश्चितकालका लागि निषेधाज्ञा जारी

अनलाईन न्युजपाटी,सप्तरी,समाचारदाता, साउन ७  गते।

सप्तरीको जिल्ला सदरमुकाम राजविराजमा अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको छ ।जिल्ला सुरक्षा समितिको वैठकले राजविराजमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।

सप्तरीका सिडिओ शंकरहरी आचार्यको संयोजकत्वमा वुधवार वसेको वैठकले राजविराज नगरपालिकामा विहिवार विहान ५ वजेदेखि लागु हुने गरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । अर्को आदेश नभएसम्मका लागि नगरपालिकामा यस्तो आदेश जारी गरिएको सप्तरीका एसपी कृष्ण प्रसाईले जानकारी दिए ।

राजविराजमा ट्राभल हिस्ट्रि नै नभएका ब्यक्तिमा समेत कोरोना संक्रमण देखिन थालेपछि समुदायमा कोरोना नफैलियोस भन्ने उदेश्यले यस्तो निर्णय गरिएको एसपी प्रसाईको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *