अनलाईन न्युजपाटी काठमाडौँ समाचारदाता, साउन ७गते
जिल्ला धनुषा जनकपुरधाम उप-महानगरपालिका वबस्ने ६० बर्सिय पुरुषको मृत्यु भएको छ। वहा खोकी ज्वरो स्वास प्रस्वासबाट ग्रसित हुदा वी. पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा निधन भएको छ।
पोखरामा काम गर्दै बस्ने ४९ चिनिया नागरिक मणिपाल होस्पिटल पोखराबाट उपचार सम्भव नहुँदा त्रि. बि. होस्पिटल काठमाडौँमा उपचारको क्रममा निधन भएको छ।
दुवै जनाको नमुना परिक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएको छ। यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ।