अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, साउन ८ गते।
सर्वोच्च अदालतको आदेशपछि ८ वर्ष ६ महिना कैद सजाय भुक्तान गरेर सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइराला जेलमुक्त भएका छन् । उनी आज बिहीबार बिहान ११ : ५० बजे कोइराला डिल्लीबजार कारागारबाट छुटेका हुन् । उनी डिल्लीबजार कारागारमा रहेका छन् ।
केही दिनअघि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहितको इजलासले सर्वस्वसहित जन्मकैदको सजाय पाएका कोइरालाको बाँकी कैद मिनाह गरेको थियो ।
कोइराला पत्नी गीता ढकालको हत्या गरेको अभियोगमा दोषी ठहर भएका थिए । कोइरालाले मकवानपुरको टिस्टुङ पालुङमा हत्या गरी जलाएर फर्किँदै गर्दा काठमाडौंबाट पक्राउ परेका थिए ।
श्रीमतीको हत्या गरी शव समेत नष्ट गरेका तत्कालीन डीआईजी रञ्जन कोइरालालाई जन्मकैद हुने सजाय घटाएर सर्वोच्च अदालतले साढे ८ वर्ष मात्रै कैद सजाय सुनाएको हो । सर्वोच्चले असार दोस्रो साता गरेको फैसलाका आधारमा कोइराला आज बिहीबार कैदमुक्त्त भएका हुन् ।