कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-७ को वडा कार्यालयमा एक अज्ञात समूहद्धारा आगजनी

अनलाईन न्युजपाटी,कैलाली,समाचारदाता, साउन ८ गते।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्वर ७ को कार्यालयमा आगजनी गरिएको छ। अज्ञात समूहले बुधबार राति वडा कार्यालयमा आगजनी गरेको हो। वडा सचिव महेश भट्टका अनुसार झ्यालको सिसा फुटाएर कार्यालयमा आगजनी गरिएको हो। 

कार्यालयको कम्प्युटर, सोफा, कार्पेट, कुर्सी र टेबुल जलेको उनले बताए। घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय झलारी प्रहरी निरीक्षक धर्मेन्द्र रावलले बताए। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *