कर्णालीमा फेरी थपिए ३० जना कोरोना संक्रमित

अनलाईन न्युजपाटी,कर्णाली,समाचारदाता, साउन ८ गते।

पछिल्लो २४ घण्टामा कर्णालीमा थप ३० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र दैलेख अस्पतालमा रहेको प्रयोगशालामा भएको परीक्षणबाट बिहीबार थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बिहीबार पुष्टि हुने संक्रमितमध्ये दैलेखका २४ जना, सुर्खेतका ५ र सल्यानका एकजना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

यससँगै कर्णालीमा कोरोना स्क्रमितको संख्या १८१३ पुगेको छ ।हालसम्म प्रदेशमा १५५२ जना संक्रमित डिस्चार्ज भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *